मेरा भावनाहरु……….

November 16, 2008

शनिबार साहित्य १५ नोवेम्वर, माई सन्सार

Filed under: poems & Gazals

मेरो राजधानी काठमाण्डौ ।
———————-
देख्दिन कतै हरियाली अचेल,
जताततै कन्कृट्
अनी सिमेन्ट्का सम्रचनाहरु
ठडिएको मात्र देख्छु म त
ती अग्ला अग्ला रुखहरु खोइ
कहाँ गए प्रकृती लाई स्वच्छ राख्ने ।
होईन कि म अन्तै कतै आए ?
रुखहरुको नाम मा यहाँ त
अग्ला अग्ला घर्
अनी महल मात्र छन
खोइ यही हो ?
मेरो राजधानी काठमाण्डौ ।
नदी नालामा अचेल
ढल बग्न थालेको रैछ,
खोइ कसरी बस्दा हुन
यहाँ का मान्छे हरु,
कुनै बेला
थियो पिउनको लागी
प्रसस्त ढुङेहरु धाराहरु
ती त सब सुकिसके
के पिउदा हुन यिनिहरु अचेल
बाग्मतीको कथा
पनी त्यस्तै देखे मैले
शहर का ढल सबै
मिसाएर रुपै कुरुप बनाएका
कसरी भनु यही हो
मेरो राजधानी काठमाण्डौ ।
जताततै धुवाको मुस्लो अनि
फोहोरको थुप्रो मात्र सडकको
चोक चोकमा थुपारिएका
दुर्गन्धित गल्ली अनि चोकहरु
खोइ
कसरी हिड्न सकेका होलान्
यहाँका मानिसहरु अनि
सफा काठमाण्डु भनेर
घुम्न आउने पर्यटक हरु ।
मान्छे भन्दा धेरै भए
सडकमा गाडीको लाम
छैन बाकी हिड्न अब्
बटुवालाई ठाम
यस्तो फोहर शहर
खोइ यही हो त ?
मेरो राजधानी शहर काठमाण्डौ

+++तीन हाइकु+++
———————-
शहर हेर्ने
यो बुढेसकालमा
मेरो रहर ।

सारै नै राम्रो
काठमाण्डु शहर
दुर्बिन बाट । ।

ढुङ्गाको बस्ती
दुषीत महानगर
यो काठमाडौ । । ।

 

November 8, 2008

शनिबार साहित्य ११ अक्टोबर, माई सन्सार

Filed under: poems & Gazals

-:हाईकु:-
————–

नया नेपाल ? ?
खोई कहाँ छ शान्ती ? ?
मौन यी मुर्ती

शनिबार साहित्य, ८ नोवेम्बर, माई सन्सार

Filed under: poems & Gazals

शनिबार साहित्य: फोटो हेर्नुस कबिता लेख्नुस

जताततै मान्छेहरुको भिड,
 अनि त्यही भिड भित्र
आफ्नो परिचय हराएको
 म मान्छे
बिहान बेलुकी को छाक टार्न
भौतारिदै
 कहिले सडक को त्यो किनार
 त कहिले यो…
मेरो आवश्यक्तालाई
 बुझ्ने सायद कोही छैन
त्यही बाध्यता
 देखी डराएर
 पुन त्यही भिड भित्र
 आफ्नो परिचय
खोज्न पुग्छु
 तर
मान्छेहरुको भिड्मा
मान्छेबाट नै शिकार हुन्छु

सुनौलो बिहानिको
प्रतिक्षामा
अनवरत लागी रहेको छु
मान्छे हु
आशातित हुने मेरो बानी
हरेक घडी
 प्रतिक्षामा धैर्य गर्दै
यन्त्र झै चलिरहेछु म
जिन्दगीको
अनेकौ उकाली ओरालिहरु
पार गर्दै आज
  परदेशिएको छु
सुखद भविश्यको चाहनामा
दिन, महिना अनि बर्षौ बिते
आफन्तका आखाहरु सबै थाकिसके
अब
मेरो प्रतिक्षामा
तर खै कसरी आफ्नो उपस्थिती
गराउ सबै सामु
एउटा निस्प्राण शरिर आज
छोडेर जादैछु
मानिस हरुको काधमा
म आफै
आफ्नो मलामी बनी हिडिरहेछु ।

November 1, 2008

शनिबार साहित्य, १ नोवेम्बर, माई सन्सार

Filed under: , poems & Gazals

०००-तीन हाइकु-०००
—————-
औसीको रात
दियोको प्रकाशमा
मेरो तिहार ।
—————-
आशाको दियो
चिर्दै अध्यारोलाई
बल्दैछ आफु । ।
—————-
प्रकाश छर्ने
आफु जलेर पनि
चाहना मेरो । । ।

+++ गजल +++
—————-
आफु जलेर पनि जगमा प्रकाश छरिरहेछु
कसले बुझ्ने बेथा भित्र भित्रै जलिरहेछु ।

कहिले चाड अनि कहिले रमाइलोको नाममा
भन्दै परम्परा हाम्रो बरसौ देखी चलिरहेछु । ।

दिगो शान्तीको चाहनामा अग्रसर यी कदमहरु
खै के के भन्दै अनेकौ बहानाको भुमरीमा परिरहेछु । । ।

के तराई,के पहाड,के हिमाल कथा सबैको उस्तै
फेरी बन्द र आन्दोलन को लहर बनी बगीरहेछु । । । ।
 
समुन्नत समाज र देश बिकाशको आशमा
नया नेपालको शान्त दीपक बनी बलिरहेछु । । । । ।

October 26, 2008

शनिबार साहित्‍य, २५ अक्‍टोबर, माई संसार

Filed under: poems & Gazals

म एक छोरी
म मणी कि छोरी
कोही मलाई भृकुती त
 कोही सीता भन्‍दैछन,
 तर
जसले जे नाम, उपनाम

 दिएपनि
 हु त म यो देश की छोरी

मैले पनि उनिहरुले जस्तै
केहि गरेर देखाउनु छ
केहि बनेर देखाउनु छ
 यो देशको लागी ।
अन्याय र अत्याचार अब
सहने छैन,
सधै छुवाछुत र अभाव मा
पिल्सिएको हाम्रो देशलाई
 एक समृद्धिशाली
 र छुवाछुत मुक्त राष्ट्र
निर्माण गर्न
यी मेरा मुठ्ठी कसेका
 हात हेर,

त्यसै कसेको होईन मैले ।
 प्रण गरेको छु यो देश लाई
एकदिन अवश्य बदल्छु भनेर
तर
एक पल्ट राम्ररी नियाली हेर मलाई
म यो धरतीमा
 आएको पनि त धेरै भाको छैन
कसरी म यत्ती छिटो
 परिवर्तन गर्न सक्छु यो देश लाई
 समय चाहिन्छ मलाई 

 देउ र हेर
भोली का दिनहरु

परिवर्तन को समबाहक
 बनेर आएको छु ।
त्यसैले

मेरा मुठ्ठी खुलेका हात
हेरेर जो कोहीले पनि
सजिलै बुझन सक्छन्
म के भन्न खोज्दैछु ?
हो
मलाई समय चाहिन्छ,
त्यसैले
भन्दैछु पर्ख हतार नगर
पर्ख र हेर ।
धैर्यको फल अवस्य पनि मीठो हुन्छ ।

October 19, 2008

हाइकु

Filed under: poems & Gazals

” यो दशैमा तीन हाइकु “
———

प्राणीको हत्या
हाम्रो परम्परा रे
यस्तो त दशै!!

———-
यो पाला दशै
पशु हिसा रहित
मनाऔ है त ?

———-
दशैको बेला
शाकाहारी भोजन
 खाऔ सबैले

शनिबार साहित्य १८ अक्टोबर, माई सन्सार

Filed under: poems & Gazals

चन्द्रमा छुने लक्ष्य
 बोकेर अघि
 बढ्न खोज्दैछन
 यी मेरा
पौरखी हातहरु
रोक्न
नखोज तिमी
यसलाई
धेरै कथा ब्यथा
लुकेको छ ।
केहि गर्छु भन्दै
अघी बढ्ने पाइला
 बिरुद्ध
खुट्टा तान्ने
ती
नालायक हातहरु
अब
होस गर
सधै सधैको लागी
तिमी बाट
 अलज्ञाउन पछि
 पर्ने छैनन ।
बिकाश को बाटोमा
लम्केको छ
आज फेरी उहि उमङ
बोकेर
खुट्टा तान्ने प्रवृती
को अन्त गरी
देशको निर्माणमा
सबैलाई
हातेमालो गर्दै
अघी बढ्न प्रेरित
 छन यी मेरा
सिर्जनशिल हातहरु……………..

October 26, 2007

असफलताका चोटहरु

असफलताका चोटहरु यस्तो सँग दुख्दो रैछ ।
हासो जती चोटभित्र कता कता लुक्दो रैछ ।

बेदनालाई भित्र च्यापी बलले बाहिर हास्न खोज्दा
बिना असर रुद्रघण्टी आत्तिएर दुख्दो रैछ ।

काडा पनि अरुलाई त भुवा जस्तो लाग्छ भन्छन्
फूल छोए मैले तर च्स्याक च्स्याक दुख्दो रैछ ।

प्रगतिको पाइलामानै कुष्टरोग लागे पछि
सफलताको आशा जती डराएर त्यसै लुक्दो रैछ ।

जताततै असफलताले घेरा हाले पछी ।
प्यास लागी कुवा धाउदा मुल समेत सुक्दो रैछ ।

सुष्मा नेपाल, चितवन

June 3, 2007

कबिता

 सन्सार
  परिवर्तनशिल छ
 जहाँ
  पुराना कुराहरु
 नया रूपमा बदलिन्छ
  अनि
 नया पालुवाहरु पुराना भएर झर्छन
  जिवन्
 परिवर्तनशिल छ
  कहिले जिवनले यौवनको
 अनी
  बुढापनको खिसी उडाउछ
 समय परिवर्तनशिल छ
  कहिले तुवालोले आकाश ढाक्छ भने
 कहिले
  कन्चन आकाश देखिन्छ
 तुवालो बिहिन
  ऋतु
 परिवर्तनशिल छ
  कहिले आधिबेहरी
 त
  कहिले बर्षातले अत्याउछ
 अनी कहिले
  सम्पूर्ण कुरा बिहिन भै कन पनि
 आनन्दमय समय मिलाउछ ।

सन्जिता, चितवन

 

गजल

मौसम यो उदास, मन यो उदास उदास ।
रित्तिएको एक्लो जिवन यो उदास उदास ।

बसन्तको यो साझमा पनि खै किन हो ।
सुगन्ध बोकी हिड्ने पवन यो उदास उदास ।
 
डढेलो लागेको खै पत्तै पाइएन बहार मा ।
फूलको कोमल यौवन यो उदास उदास ।

बर्तमान नभयो हाम्रो भविष्यको के भरोसा ।
इतिहास बनेको मिलन यो उदास उदास ।

समयको चपेटा र भागयको शिकार भै ।
चुडिएको आत्मिय बन्धन यो उदास उदास ।

सन्जिता, चितवन






















Get free blog up and running in minutes with Blogsome
Theme designed by B A Khan