मेरा भावनाहरु……….

May 24, 2007

गजल

Filed under: poems & Gazals

कठिन यात्रा जिं‍दगीको आज एक्‍लै बाच्‍दैछु 
बिर्सेर ती कथा सबै यहां एक्‍लै हास्‍दैछु 

बगैंचामा  फुल्‍ने  रंगीचंगी  फूलहरुको 
मुना टिपी आजफेरि एक्‍लै माला गांस्‍दैछु 

सक्‍दिन बांच्‍न तिमी बिना अब एकपल 
छायां तिम्रो यो मुटु भित्र आज टांस्‍दैछु  

निश्‍छल मेरो मायामा कुनै खोट थिएन 
कसी लगाई यो दिललाई फेरि जांच्‍दैछु 

मिलनका ति पल आज सबै सपना भए 
त्‍यसैले रहर ती सबै आफूभित्रै सांच्‍दैछु  

कठिन यात्रा जिं‍दगीको आज एक्‍लै बाच्‍दैछु 
बिर्सेर ती कथा सबै यहां एक्‍लै हास्‍दैछु 

गजल

Filed under: poems & Gazals

समयको नियतिले परदेशतिर चलेको म मान्‍छे ।
यो पराई भूमिमा आफू भित्रभित्रै जलेको म मान्‍छे ।

शक्‍ति अनि सामर्थ्‍यले सबै सिमा नाध्‍दा आज ।
असहाय,लाचार भै सडक बिच ढलेको म मान्‍छे । 

पौरखी शरिरबाट बगेका यी पसिनाका धारा हेर । 
दिनरात नभनी सधै यन्‍त्रझै दलेको म मान्‍छे । 

धनको आशमा भौंतारिदां आज परदेशी भएं म त ।
 हरे शिव ! दैवले लौ फेरि पनि छलेको म मान्‍छे । 

सबै भन्‍ने गर्छन हिजो आज हेर हेर ’चीजु’ लाई ।
किन ढांटनु मैले यहां जांड,रक्‍सीले गलेको म मान्‍छे । 

समयको नियतिले परदेशतिर चलेको म मान्‍छे । 
यो पराई भूमिमा आफू भित्रभित्रै जलेको म मान्‍छे ।

गजल

Filed under: poems & Gazals

ऋतुहरु संगै रंगीएर यो फुल्‍छ सानु ।
यो मन सधैभरी तिमीसंग डुल्‍छ सानु ।

बिर्सेर अतीतका ती नमिठा बातहरु।
हृदय पुन: यो बर्तमान मै भुल्‍छ सानु ।

 ओझेलमा परेको हाम्रो प्रेम कथा अब । 
बादल फाटी सिंगो आकाश झै खुल्‍छ सानु । 

प्रतिश्‍पर्धा नै कहां थियो र हामी बिच ।
त्‍यागले प्रेमको मुल्‍य सबै सुल्‍छ सानु ।

भूल भा छैन ’चीजु’ बाट आजसम्‍म पनि । 
निश्‍च्‍छल प्रेममा दोष सबै धुल्‍छ सानु ।

 ऋतुहरु संगै रंगीएर यो फुल्‍छ सानु ।
यो मन सधैभरी तिमीसंग डुल्‍छ सानु ।

गजल

Filed under: poems & Gazals

के गल्ती थियो र मेरो तिमीले आज छोडिगयौ ।
जिन्दगी भरी सगै जिउने बाचा हाम्रो  तोडिगयौ ।

अज्ञानताले पनि गल्ती मेरा केहि भए होलान ।
आवेशमा  प्रेमको घडा तिमीले आज फोडिगयौ ।

यात्रा हाम्रो जिवनपथको  यसरी नै चल्दैथियो ।
अचानक पाइलाहरु तिमीले अन्तै कतै मोडिगयौ ।

जीवनगाथा हाम्रो हिमाल झै अटल उच्च हुनुपर्थ्यो ।
आग्रहमा   बिग्रहको बिन्दु खै  किन तिम्ले  जोडिगयौ ।

स्वच्छ अनि सजिब मेरो हृदयको क्यान्भासमा किन ।
आज तिमीले अनायासै  यस्‍तो अमुक चित्र कोरीगयौ ।

के गल्ती थियो र मेरो तिमीले आज छोडिगयौ ।
जिन्दगी भरी सगै जिउने बाचा हाम्रो  तोडिगयौ ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by B A Khan