गजल
कठिन यात्रा जिंदगीको आज एक्लै बाच्दैछु
बिर्सेर ती कथा सबै यहां एक्लै हास्दैछु
बगैंचामा फुल्ने रंगीचंगी फूलहरुको
मुना टिपी आजफेरि एक्लै माला गांस्दैछु
सक्दिन बांच्न तिमी बिना अब एकपल
छायां तिम्रो यो मुटु भित्र आज टांस्दैछु
निश्छल मेरो मायामा कुनै खोट थिएन
कसी लगाई यो दिललाई फेरि जांच्दैछु
मिलनका ति पल आज सबै सपना भए
त्यसैले रहर ती सबै आफूभित्रै सांच्दैछु
कठिन यात्रा जिंदगीको आज एक्लै बाच्दैछु
बिर्सेर ती कथा सबै यहां एक्लै हास्दैछु
