शनिबार साहित्य, २५ अक्टोबर, माई संसार
म एक छोरी
म मणी कि छोरी
कोही मलाई भृकुती त
कोही सीता भन्दैछन,
तर
जसले जे नाम, उपनाम
दिएपनि
हु त म यो देश की छोरी
मैले पनि उनिहरुले जस्तै
केहि गरेर देखाउनु छ
केहि बनेर देखाउनु छ
यो देशको लागी ।
अन्याय र अत्याचार अब
सहने छैन,
सधै छुवाछुत र अभाव मा
पिल्सिएको हाम्रो देशलाई
एक समृद्धिशाली
र छुवाछुत मुक्त राष्ट्र
निर्माण गर्न
यी मेरा मुठ्ठी कसेका
हात हेर,
त्यसै कसेको होईन मैले ।
प्रण गरेको छु यो देश लाई
एकदिन अवश्य बदल्छु भनेर
तर
एक पल्ट राम्ररी नियाली हेर मलाई
म यो धरतीमा
आएको पनि त धेरै भाको छैन
कसरी म यत्ती छिटो
परिवर्तन गर्न सक्छु यो देश लाई
समय चाहिन्छ मलाई
देउ र हेर
भोली का दिनहरु
म
परिवर्तन को समबाहक
बनेर आएको छु ।
त्यसैले
मेरा मुठ्ठी खुलेका हात
हेरेर जो कोहीले पनि
सजिलै बुझन सक्छन्
म के भन्न खोज्दैछु ?
हो
मलाई समय चाहिन्छ,
त्यसैले
भन्दैछु पर्ख हतार नगर
पर्ख र हेर ।
धैर्यको फल अवस्य पनि मीठो हुन्छ ।
