मेरा भावनाहरु……….

October 26, 2008

शनिबार साहित्‍य, २५ अक्‍टोबर, माई संसार

Filed under: poems & Gazals

म एक छोरी
म मणी कि छोरी
कोही मलाई भृकुती त
 कोही सीता भन्‍दैछन,
 तर
जसले जे नाम, उपनाम

 दिएपनि
 हु त म यो देश की छोरी

मैले पनि उनिहरुले जस्तै
केहि गरेर देखाउनु छ
केहि बनेर देखाउनु छ
 यो देशको लागी ।
अन्याय र अत्याचार अब
सहने छैन,
सधै छुवाछुत र अभाव मा
पिल्सिएको हाम्रो देशलाई
 एक समृद्धिशाली
 र छुवाछुत मुक्त राष्ट्र
निर्माण गर्न
यी मेरा मुठ्ठी कसेका
 हात हेर,

त्यसै कसेको होईन मैले ।
 प्रण गरेको छु यो देश लाई
एकदिन अवश्य बदल्छु भनेर
तर
एक पल्ट राम्ररी नियाली हेर मलाई
म यो धरतीमा
 आएको पनि त धेरै भाको छैन
कसरी म यत्ती छिटो
 परिवर्तन गर्न सक्छु यो देश लाई
 समय चाहिन्छ मलाई 

 देउ र हेर
भोली का दिनहरु

परिवर्तन को समबाहक
 बनेर आएको छु ।
त्यसैले

मेरा मुठ्ठी खुलेका हात
हेरेर जो कोहीले पनि
सजिलै बुझन सक्छन्
म के भन्न खोज्दैछु ?
हो
मलाई समय चाहिन्छ,
त्यसैले
भन्दैछु पर्ख हतार नगर
पर्ख र हेर ।
धैर्यको फल अवस्य पनि मीठो हुन्छ ।

October 19, 2008

हाइकु

Filed under: poems & Gazals

” यो दशैमा तीन हाइकु “
———

प्राणीको हत्या
हाम्रो परम्परा रे
यस्तो त दशै!!

———-
यो पाला दशै
पशु हिसा रहित
मनाऔ है त ?

———-
दशैको बेला
शाकाहारी भोजन
 खाऔ सबैले

शनिबार साहित्य १८ अक्टोबर, माई सन्सार

Filed under: poems & Gazals

चन्द्रमा छुने लक्ष्य
 बोकेर अघि
 बढ्न खोज्दैछन
 यी मेरा
पौरखी हातहरु
रोक्न
नखोज तिमी
यसलाई
धेरै कथा ब्यथा
लुकेको छ ।
केहि गर्छु भन्दै
अघी बढ्ने पाइला
 बिरुद्ध
खुट्टा तान्ने
ती
नालायक हातहरु
अब
होस गर
सधै सधैको लागी
तिमी बाट
 अलज्ञाउन पछि
 पर्ने छैनन ।
बिकाश को बाटोमा
लम्केको छ
आज फेरी उहि उमङ
बोकेर
खुट्टा तान्ने प्रवृती
को अन्त गरी
देशको निर्माणमा
सबैलाई
हातेमालो गर्दै
अघी बढ्न प्रेरित
 छन यी मेरा
सिर्जनशिल हातहरु……………..






















Get free blog up and running in minutes with Blogsome
Theme designed by B A Khan