शनिबार साहित्य, ८ नोवेम्बर, माई सन्सार
जताततै मान्छेहरुको भिड,
अनि त्यही भिड भित्र
आफ्नो परिचय हराएको
म मान्छे
बिहान बेलुकी को छाक टार्न
भौतारिदै
कहिले सडक को त्यो किनार
त कहिले यो…
मेरो आवश्यक्तालाई
बुझ्ने सायद कोही छैन
त्यही बाध्यता
देखी डराएर
पुन त्यही भिड भित्र
आफ्नो परिचय
खोज्न पुग्छु
तर
मान्छेहरुको भिड्मा
मान्छेबाट नै शिकार हुन्छु
म
सुनौलो बिहानिको
प्रतिक्षामा
अनवरत लागी रहेको छु
मान्छे हु
आशातित हुने मेरो बानी
हरेक घडी
प्रतिक्षामा धैर्य गर्दै
यन्त्र झै चलिरहेछु म
जिन्दगीको
अनेकौ उकाली ओरालिहरु
पार गर्दै आज
परदेशिएको छु
सुखद भविश्यको चाहनामा
दिन, महिना अनि बर्षौ बिते
आफन्तका आखाहरु सबै थाकिसके
अब
मेरो प्रतिक्षामा
तर खै कसरी आफ्नो उपस्थिती
गराउ सबै सामु
एउटा निस्प्राण शरिर आज
छोडेर जादैछु
मानिस हरुको काधमा
म आफै
आफ्नो मलामी बनी हिडिरहेछु ।
